२०८३ असोज २४ गते शनिबार

रास्वपाद्वारा दुई मन्त्रीको नाम सिफारिस, उपसभामुखमा सत्ता गठबन्धनकी ठाकुरलाई समर्थन गर्ने निर्णय

रास्वपाद्वारा दुई मन्त्रीको नाम सिफारिस, उपसभामुखमा सत्ता गठबन्धनकी ठाकुरलाई समर्थन गर्ने निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २७ गते शुक्रबार ०३:०७

उनीहरुको शपथ ग्रहण आजै साँझसम्म हुने सम्भावना रहेको झाले जानकारी दिनुभयो । यस निर्णयसँगै मन्त्रिपरिषद्मा महिलाको उपस्थिति करिव ४० प्रतिशत पुग्ने र मधेस प्रदेशको प्रतिनिधित्व समेत बलियो हुने रास्वपाको दाबी छ ।

पोखरा ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मनिष झाले यसबारे जानकारी गराएका हुन् ।

बैठकले रिक्त रहेका दुई मन्त्रालयका लागि मन्त्रीहरूको नाम समेत टुंगो लगाएको हो । श्रम मन्त्रीका रूपमा सप्तरीका रामजी यादव र उद्योग मन्त्रीका रूपमा महोत्तरीकी गौरीकुमारी यादवलाई मनोनयन गरिएको छ ।

उनीहरुको शपथ ग्रहण आजै साँझसम्म हुने सम्भावना रहेको झाले जानकारी दिनुभयो । यस निर्णयसँगै मन्त्रिपरिषद्मा महिलाको उपस्थिति करिव ४० प्रतिशत पुग्ने र मधेस प्रदेशको प्रतिनिधित्व समेत बलियो हुने रास्वपाको दाबी छ ।

बैठकले मन्त्रालयहरूमा पार्टीका कार्यकर्ता र सांसदहरूको अनावश्यक भीडभाड नगर्न निर्देशन दिएको छ ।

साथै, आजैदेखि पार्टीको केन्द्रिय कार्यालयमा जनसम्पर्कका लागि दैनिक एक जना केन्द्रिय सदस्य र एक जना सांसद अनिवार्य उपस्थित हुने ‘क्यालेन्डर’ शुरु गरिएको छ ।

संसदको २० दिने ‘सेसन ब्रेक’ शुरु हुन लागेकाले यस अवधिमा सांसदहरूलाई जिल्ला समन्वय र सांगठनिक सुदृढीकरणमा लाग्न समेत आग्रह गरिएको छ ।

बैठकले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

उनीलाई समर्थन गर्न पार्टी सभापति र संसदीय दलको नेताले संयुक्त रूपमा निर्देशन दिएको झाले बताए ।

राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने विषयमा भएको भनिएको सहमति र ‘धोका’ को चर्चाबारे सोधिएको प्रश्नमा झाले आफूलाई त्यस्तो कुनै संवादबारे जानकारी नभएको बताए ।

उनले पार्टीमा यसबारे कुनै एजेण्डा वा छलफल नभएको स्पष्ट पारे ।

प्रकाशित मिति २०८२ चैत २७ गते शुक्रबार ०३:०७
हजुरको प्रतिक्रिया