२०८३ साउन २१ गते बिहीबार

देशभर थप १३५६ जनामा कोरोना पुष्टि

देशभर थप १३५६ जनामा कोरोना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ६ गते मंगलबार ०४:५१

६ असोज, पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ । कुल ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको हो...

६ असोज, पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

कुल ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको हो ।

 

गत २४ घण्टामा थप भएका संक्रमितसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ । कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति २०७७ असोज ६ गते मंगलबार ०४:५१
हजुरको प्रतिक्रिया