२०८३ साउन २१ गते बिहीबार

थप २३५ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु पुष्टि

थप २३५ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १६ गते शुक्रबार ०४:१४

पछिल्लो २४ घन्टामा देशभरका २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ८८५ पिसिआर र १ हजार १९९ एन्टिजेन गरी कूल ९ हजार ८४ जनामा...

पछिल्लो २४ घन्टामा देशभरका २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ८८५ पिसिआर र १ हजार १९९ एन्टिजेन गरी कूल ९ हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २१२ जना संक्रमणमुक्त भएका छन् । भने सोही अवधिमा चार जनाले ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति २०७८ पुस १६ गते शुक्रबार ०४:१४
हजुरको प्रतिक्रिया