२०८३ साउन २१ गते बिहीबार

परमादेशको अहिलेको सरकार दिशाहिन अवस्थामा छः जगत विश्वकर्मा

परमादेशको अहिलेको सरकार दिशाहिन अवस्थामा छः जगत विश्वकर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २३ गते शुक्रबार ०४:३९

पोखरा । अहिलेको सरकार दिशाहिन अवस्थामा रहेको नेकपा (एमाले) गण्डकी प्रदेशका सहइन्चार्ज तथा पार्टी पोलिट व्युरो सदस्य जगत विश्वकर्माले बताएका छन् । एमालेको १०औं जिल्ला अधिवेशन कास्कीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका...

पोखरा । अहिलेको सरकार दिशाहिन अवस्थामा रहेको नेकपा (एमाले) गण्डकी प्रदेशका सहइन्चार्ज तथा पार्टी पोलिट व्युरो सदस्य जगत विश्वकर्माले बताएका छन् । एमालेको १०औं जिल्ला अधिवेशन कास्कीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिलेको परमादेशको सरकार दिशाहिन अवस्थामा छ । विकासका थुप्रै योजनाहरु कटौती गरेको छ ।’ उनले भने प्रदेश,स्थानिय तहमा मात्र नभएर देशकै प्रमुख दलको रुपमा एमाले स्थापित भएको छ । सबै तहमा बहुमतले विजय हासिल गरि नेपाली जनताको चाहाना आकांक्षा पुरा गर्ने जिम्मेवारी हाम्रो पार्टीले लिएको छ ।

एमालेको जिल्ला अधिवेशनमा सवा ९ सय प्रतिनिधि छानिएका छन् । ७२ वडा र जनवर्गीय संगठनबाट ९ सय १४ जना प्रतिनिधिले मताधिकार पाएका एमालेले जनाएको छ । ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरू गठन भएका छन् ।

प्रकाशित मिति २०७८ पुस २३ गते शुक्रबार ०४:३९
हजुरको प्रतिक्रिया