२०८३ साउन २१ गते बिहीबार

वितेकाे २४ घण्टामा १३५१ जनामा कोरोना संक्रमण

वितेकाे २४ घण्टामा १३५१ जनामा कोरोना संक्रमण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १२ गते सोमबार ०४:४२

पोखरा । बितेको २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी...

सोमबार थप ४ जनाको मृत्यु

पोखरा । बितेको २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए ।

यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ ।

यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७७ असोज १२ गते सोमबार ०४:४२
हजुरको प्रतिक्रिया