२०८३ साउन २१ गते बिहीबार

गत २४ घण्टामा देशभर काेराेनाका कारण १० जनाकाे मृत्यु

गत २४ घण्टामा देशभर काेराेनाका कारण १० जनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १३ गते मंगलबार ०५:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ सय १३ जना काेराेना भाइरसका संक्रमित थपिएका छन् । यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेका छन । याे संगै देशभर सक्रिय संक्रमितको...

देशभर थपिए १५ सय १३ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ सय १३ जना काेराेना भाइरसका संक्रमित थपिएका छन् । यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेका छन ।

याे संगै देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिए ।

यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।

प्रकाशित मिति २०७७ असोज १३ गते मंगलबार ०५:२६
हजुरको प्रतिक्रिया