२०८३ साउन २१ गते बिहीबार

बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको बिजयी सुरुवात

बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको बिजयी सुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २८ गते शुक्रबार १२:५३

प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको छ ।

गोरखा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ अन्र्तगत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जितको सुरुवात गरेका छन् । प्रतियोगिता अन्र्तगत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् ।

पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गरेको निर्णायक दिपेश गिरीले जानकारी दिए ।प्रतियोगिता अन्र्तगत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरीबलका विश्वविजय घिमिरेलाई पराजित गरे । त्यस्तै त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज बि.क बीच भएको प्रतियोगिता ‘ड्र’ भएको छ । खुला क्लासिकलतर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रसान्त दासलाई पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेका सुरवीर लामाले पराजित गरेका छन् भने बाग्मती प्रदेशका निकेन कुसताले बाग्मती प्रदेशकै राजीव कार्कीलाई पराजित गर्न सफल भएका छन् ।

प्रतियोगिता अन्र्तगत महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बाग्मति प्रदेशका लक्ष्मी कँडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गरिन भने एनआरएनकी बिनिता कपालीले मधेस प्रदेशकी संगीता महतोलाई पराजित गरी पहिलो उत्कृष्ट पाँच भित्र पर्न सफल भएकी हुन् । प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति २०७९ असोज २८ गते शुक्रबार १२:५३
हजुरको प्रतिक्रिया
पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

२०७९ कात्तिक ३ गते बिहीबार ०५:००
कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

२०७९ कात्तिक ३ गते बिहीबार ०४:१२