पोखरामा थप ३ संक्रमित, प्रदेशमा संक्रमित हुनेको संख्या ३८६६ पुग्यो
पोखरा । पोखरामा जन्मेको ४२ दिन मात्र पुगेको एक नवजात शिशुमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरा महानगरपालिका वडा नं ४ ठेगाना भएका उक्त ४२ दिने शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको एनआइसियूमा भर्ना गरेर राखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार बुधबार पोखरामा उक्त शिशुसहित थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अन्य संक्रमितहरुमा पोखरा–२ र २० का ६५ बर्षीय पुरुषहरु रहेको निर्देशनालयले जनाएको छ ।
यता, गण्डकी प्रदेशमा बुधबार ३३ जना संक्रमित थप भएका छन । जसमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकाका–२ का २८ बर्षीय पुरुष र गोरखा आरुघाट–९ का २४ बर्षीय १ पुरुष सहित बर्दघाट सुस्तापुर्व गैडाकोटका २८ जनालाई संक्रमण पुष्टि भएको हो ।
बुधबार संक्रमित सबैजना कन्ट्याक ट्रेसिङ्बाट पहिचान भएका र उनीहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।





