२०८३ साउन २१ गते बिहीबार

बुधबार पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

बुधबार पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १४ गते बुधबार ०३:५३

पोखरा । पोखरामा जन्मेको ४२ दिन मात्र पुगेको एक नवजात शिशु सहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बुधबार पोखरा महानगरपालिका वडा नं ४ ठेगाना भएका ४२ दिने शिशुसमेत थप ३० जना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

७ जना प्रहरी, १ जना बालक र १ नवजात शिशुसमेत संक्रमित

पोखरा । पोखरामा जन्मेको ४२ दिन मात्र पुगेको एक नवजात शिशु सहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बुधबार पोखरा महानगरपालिका वडा नं ४ ठेगाना भएका ४२ दिने शिशुसमेत थप ३० जना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार बुधबार पोखरामा वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत ७ जना प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ जना पुरुष र ३ जना महिला प्रहरी रहेका छन ।  अन्य संक्रमितहरुमा पोखरा–२ र २० का ६५ बर्षीय २ जना पुरुष, पोखरा–४ का ४२ दिने दिने बालकसहित ३४ बर्षीय पुरुष गरि २ जना, पोखरा–६ मा ५५ बर्षीया महिलासहित ३ जना, पोखरा– १२ का १ महिला र २ पुरुष, पोखरा– १५ का ८ बर्षीय बालकसहित ३ जना पुरुष, पोखरा– १० का ३२ बर्षीया महिला र ५७ बर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । यस्तै, पोखराको २७, १६, ५, ९, १४, १८, १७ र ८ मा थप एकएक जना संक्रमित थपिएका छन ।

यता, गण्डकी प्रदेशमा बुधबार ७७ जना संक्रमित थप भएका छन । जसमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकाका–२ का २८ बर्षीय पुरुष,  गोरखाका २ जना, तनहुँका ३ जना, बाग्लुङ्का ७ जना, लमजुङका १ जना तथा बर्दघाट सुस्तापुर्व नवलपरासीका ३३ जनालाई संक्रमण पुष्टि भएको हो ।

बुधबार संक्रमित सबैजना कन्ट्याक ट्रेसिङ्बाट पहिचान भएका र उनीहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ०३:५३
हजुरको प्रतिक्रिया