२०८३ साउन २१ गते बिहीबार

डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०७:२३

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको डाउनहिल स्पर्धामा पुरुष र महिला दुवै तर्फ नेपाल आर्मीले स्वर्ण जितेको छ। पुरुषतर्फ आर्मीका राजेश मगर र महिलातर्फ आर्मीकै निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन् । पुरुषतर्फ...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको डाउनहिल स्पर्धामा पुरुष र महिला दुवै तर्फ नेपाल आर्मीले स्वर्ण जितेको छ। पुरुषतर्फ आर्मीका राजेश मगर र महिलातर्फ आर्मीकै निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन् ।

पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटर डाउनहिल १ मिनेट ४९‍.१० सेकेण्डमा पार गर्दै स्वर्ण जितेका हुन्। साे स्पर्धामाबागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दूरी पूरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा दुरी पार गदै कास्य जिते।

स्पर्धाको महिलातर्फ आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन्। आर्मीकै उसा खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक हात पारेकी छिन्।

२ मिनेट ४०.०९ सेकेण्डमा दुरी पार गरेकी गण्डकी प्रदेशकी जमुना कास्य हात पारिन्।

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०७:२३
हजुरको प्रतिक्रिया
पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

२०७९ कात्तिक ३ गते बिहीबार ०५:००
कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

२०७९ कात्तिक ३ गते बिहीबार ०४:१२