२०८३ साउन २१ गते बिहीबार

पछिल्लो २४ घण्टामा देशभर ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १४ गते बुधबार ०५:०१

पोखरा । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा काठमाडौंका २ महिला र १ पुरुष रहेका छन् भने रुपन्देही, सप्तरी, मोरङ र सुनसरीका ४ पुरुष रहेका...

देशभर १५ सय ५९ जना संक्रमित थपिए

पोखरा । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा काठमाडौंका २ महिला र १ पुरुष रहेका छन् भने रुपन्देही, सप्तरी, मोरङ र सुनसरीका ४ पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १५ सय ५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । बुधबार देशभर सक्रिय संक्रमितको संख्या १० हजार ८९१ रहेकाे छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छन ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ०५:०१
हजुरको प्रतिक्रिया