पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लब पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । सोमबारसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदकसहित कुल ९९ पदक जितेको छ ।
दोस्रोमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कास्य पदकसहित ४९ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ कास्य पदकसहित कुल ५९ पदक जितिसकेको छ । यसैगरी बाग्मती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्यसहित कुल ४५ पदक हात पारेको छ ।
आयोजक गण्डकी प्रदेश भने ८ स्वर्ण, ६ रजत र १६ कास्य पदकसहित ३० पदक जित्दै पाँचौं स्थानमा छ । एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कास्यसहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कास्यसहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कास्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कास्य जितेका छन् ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्यसहित १२ पदक जित्दा कर्णाली प्रदेशले १ स्वर्ण, २ कास्य पदकसहित ३ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषदले उल्लेख गरेको छ ।
प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार ०७:३२



