२०८३ साउन २१ गते बिहीबार

६१ स्वर्णसहित आर्मी शीर्ष स्थानमा, आयोजक गण्डकी पाँचौं

६१ स्वर्णसहित आर्मी शीर्ष स्थानमा, आयोजक गण्डकी पाँचौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १ गते मंगलबार १०:०७

गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदकसहित ३८ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

पोखरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लब शीर्ष स्थानमा रहेको छ । ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित  १सय २८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्यपदकसहित ६५ पदक जितेको छ । विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्य पदकसहित ७४ पदक हात परेको छ ।

बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित ५९ पदक जित्दा गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदकसहित ३८ पदक जितेर पाँचौ स्थानमा रहेको छ । एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्य सहित ३२ पदक, मधेश प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित १२ पदक जितेका छन्।

सुदुर पश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्यसहित १४ पदक,लुम्विनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्यसहित २२ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, २ कास्य पदकसहित ४ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश छन्।

 

प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार १०:०७
हजुरको प्रतिक्रिया
पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

२०७९ कात्तिक ३ गते बिहीबार ०५:००
कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

२०७९ कात्तिक ३ गते बिहीबार ०४:१२