पोखरा
नवौं राष्ट्रिय खेलकुदमा विभागीय टिम नेपाल आर्मी क्लबले १ सय ८५ पदकसहित शीर्ष स्थानमा रहेको छ । गण्डकी प्रदेशमा जारी खेलमा आर्मीले ८८ स्वर्ण, ५८ रजत र ३९ कास्य पदकसहित १ सय ८५ पदक जितेको छ । प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदकसहित १०८ पदक हात पारेको छ ।
नेपाल आर्मी ८८ स्वर्ण ५८ रजत ३९ कास्य पदक
नेपाल पुलिस क्लब ३७ स्वर्ण ३१ रजत ४० कास्य
सशस्त्र प्रहरी ३१ स्वर्ण ३४ रजत ५५ कास्य
गण्डकी प्रदेश १६ स्वर्ण १५ रजत ३० कास्य
वागमती प्रदेश १५ स्वर्ण २८ रजत र ३१ कास्य
सुदूरपश्चिम प्रदेश ८ स्वर्ण ४ रजत २० कास्य
एनआरएनए ७ स्वर्ण ७ रजत ४ कास्य
मधेस प्रदेश ५ स्वर्ण ७ रजत १९ कास्य
प्रदेश एक ३ स्वर्ण १६ रजत ३२ कास्य
लुम्विनी प्रदेश ३ स्वर्ण १२ रजत २२ कास्य
कर्णाली प्रदेश १ स्वर्ण २ रजत र ७ कास्य
अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य जितेको छ । गण्डकी प्रदेशले १६ स्वर्ण, १५ रजत र ३० कास्य पदक जितेको छ । प्रतियोगितामा वागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्य सहित ७४ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत र २० एनआरएनएले ७ स्वर्ण, ७ रजत, ४ कास्य जितेको छ । मधेस प्रदेशले ५ स्वर्ण, ७ रजत र १९ कास्य पदक जितेको छ । प्रदेश १ ले ३ स्वर्ण १६ रजत र ३२ कास्य जितेको छ ।
लुम्विनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्य, कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद भोलि समापन हुँदैछ ।
प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार ०७:३४



