पोखरा
नेपाल आर्मीकी धाविका जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा बुधबार भएको एथलेटिक्सको ४ गुणा १ सय मिटर रिलेमा उनले स्वर्ण जितेकी हुन् । महिला रिलेमा जयरानीसहित रमिता थारू, सरस्वती चौधरी र निर्मला थापा सहभागी आर्मीले ४९.६० सेकेन्डबाट स्वर्ण जितेको हो । आठौं राष्ट्रियमा पनि आर्मीले नै स्वर्ण जितेको थियो ।
२१ वर्षीया धाविकाले आफूले खेलेका सबै इभेन्टमा स्वर्ण जितेका हुन् । ४०० मिटर हर्डल्स, १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितेकी जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण जिएकी थिइन् । बुधबार रिलेमा गण्डकी प्रदेशले रजत पदक जितेको छ । घरेलु टिममा मनीषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन र निशा घर्तीले प्रतिस्पर्धा गरेका थिए । वाग्मतीलाई कांस्य दिलाउँन जुनी दुलाल, स्वागता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य टिममा थिए ।
पुरुषतर्फ नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामीसम्मलित एपीएफले ४२.४४ सेकेन्डबाट स्वर्ण जितेको छ । एपीएफले यसपालि आर्मीलाई पछाडि पा¥यो । आठौं राष्ट्रियमा आर्मीले स्वर्ण जितेको हो ।
प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार १२:२९



