२०८३ साउन २१ गते बिहीबार

आयल निगमका कर्मचारीसहित पोखरामा थप १६ जनालाई कोरोना संक्रमण पुष्टि

आयल निगमका कर्मचारीसहित पोखरामा थप १६ जनालाई कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १५ गते बिहीबार ०१:०२

पोखरा । बिहिबार पोखरामा थप १६ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको बिहिबार दिउसो १२:०० बजे सम्मको अपडेट अनुसार पोखरामा थप १६ जना संक्रमित बनेका हुन । बिहिबार संक्रमित हुनेहरुमा...

११ र १४ बर्षीया बालिकासहित पोखरा ३१ का मात्रै १० जना संक्रमित

पोखरा । बिहिबार पोखरामा थप १६ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको बिहिबार दिउसो १२:०० बजे सम्मको अपडेट अनुसार पोखरामा थप १६ जना संक्रमित बनेका हुन ।

बिहिबार संक्रमित हुनेहरुमा पोखरा ३१ का मात्रै १० जना रहेका छन । पोखरा ३१ मा ११ र १४ बर्षीया बालिकासहित ७ जना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ३० बर्षभन्दा कम उमेरका ३ जना पुरुषपनि संक्रमित बनेका छन ।  अन्य संक्रमितहरुमा पोखरा २९ का २० र ४२ बर्षीय २ जना पुरुष, पोखरा ३० का २२ र ४१ बर्षीय २ पुरुष तथा पोखरा ३ र १७ का क्रमस ४८ र ४५ बर्षीय पुरुष रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत कर्मचारी थिए ।

निर्देशनालयको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९४० पुगेको छ |

प्रकाशित मिति २०७७ असोज १५ गते बिहीबार ०१:०२
हजुरको प्रतिक्रिया