२०८३ साउन २१ गते बिहीबार

अभावै अभावमा सकियो आर्चरी (भिडियो रिपोर्ट)

अभावै अभावमा सकियो आर्चरी (भिडियो रिपोर्ट)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार ०८:२७

पोखरामा ३९ बर्षपछि आयोजना भएको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलको नमुना बनेको छ ।

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बुधबारदेखि आर्चरी खेल सकिएको छ । १३ विधामा भएको खेलमा गण्डकी प्रदेश च्याम्पियन बन्यो । गण्डकीले सर्वाधिक सात स्वर्णको साथमा ४ रजत र १ कास्य जितेको हो । त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कास्य हात पा¥यो । एपिएफले २ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्तै गर्दै आर्चरीमा तेस्रो स्थान ओगट्न सफल भयो । चौथो स्थानमा रहेको पुलिसले १ स्वर्ण, २ रजत र १ काँस्य जित्यो । आर्चरी खेल त सकिएको छ तर खेलाडीले अभावै अभाव भोग्नुप¥यो । हारेका खेलाडीले त खुशी मनाएनन् नै जितेकाले पनि खुशियाली मनाउने अवस्था भएन ।  बडो तामझामका साथ असोज २८ गते उद्घाटन गरिएको नवौं खेलकुदको व्यवस्थापन कति फितलो रह्यो त आर्चरी खेलले नै उदाङ्गो पारिदिएको छ । पोखरामा ३९ बर्षपछि आयोजना भएको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलको नमुना बनेको छ । नवौं खेलकुद विहीबार समापन गरिदैछ ।

प्रस्तुत छ सहकर्मी विनोद ढुंगानाले तयार पारेको एक भिडियो रिपोर्ट

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०८:२७
हजुरको प्रतिक्रिया