गत असोज ३० गते नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री खेल भइरहेको अवस्थमा प्यारागइडिङ्ग दुर्घटनामा परि मृत्यु भएका निसिम थापाको सम्मानमा मानार्थ स्वर्ण पदक बिहिबार दिइने भएको छ । प्याराग्लाइडिङ प्रतियोगिताका मुख्य निरीक्षक योगेश भट्टराईका अनुसार खेलकै क्रममा दुर्घटनामा मृत्यु भएका थापाको सम्मानमा मानार्थ स्वर्ण पदक दिइने भएको छ । गोखरा स्थायी घर भई हाल पोखरा–१० मा बस्दै आएका थापाको घरमै पुगेर पदक हस्तान्तरण गरिने उनले जानकारी दिए ।
पोखराको सराङकोटस्थित क्रस कन्ट्री प्याराग्लइडिङ खेल भइरहेको र उडिरहेको प्याराग्लाइडिङ एक्कासी जमिनमा बजारिँदा उनको निधन भएको हो । प्रहरीका अनुसार १ सय मिटर माथिबाट उक्त प्याराग्लाइडिङ जमिनमा खसेको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्ट अन्तर्गत उपाधि चुम्नकै लागि २६ वर्षीय निसिम उत्साही थिए । शनिबार उत्कृष्ट प्रदर्शन गरेका निसिम आइतबार अझै आफ्नो कौसल देखाउन चाहन्थे । उनको प्रदर्शन देखेर नै त्रिभुवन आर्मी क्लबले यो प्रतियोगिताका लागि निसिमलाई करारमा अनुबन्ध गराएको थियो । उनले उत्तिकै अभ्यास पनि गरिरहेका थिए । किनकी उत्कृष्ट प्रदर्शन गरे उनको समूह बिजेता हुने पक्काजस्तै थियो ।
यो पनि पढ्नुहोस्
नेपालकै उत्कृष्ठमा गनिन्थे निसिम, उपाधि नचुम्दै चुँड्यो सपना
क्रस कन्ट्री प्लाराग्लाइडिङ प्रतियोगिताका लागि पहिलो नम्बरमा उनै निसिमले टेक अप गरे र सराङकोटबाट टेक अप गरेर ५०–६० मिटरमाथि मात्र माथि पुगेका निसिमको ग्लाइड फनफन्ती घुम्यो र जमिनतिर खस्दै बजारिन पुग्यो । एउटा भागलाई हावाले खुम्च्याइदियो र आकासतिर उड्दै जानुपर्ने निसिममा भुइँतिर खसेका थिए । दुर्घटना भएलगत्तै अस्पताल पुरयाइएका निसिमलाई डाक्टले मृत घोषित गरेका थिए ।
प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०९:५९




