२०८३ साउन २१ गते बिहीबार

खोखो खेलमा पुरुषमा आर्मी र महिलामा लुम्विनीलाई स्वर्ण

खोखो खेलमा पुरुषमा आर्मी र महिलामा लुम्विनीलाई स्वर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार ०३:५३

असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीय सहित ९ टिम सहभागी थिए ।

पोखरा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा भएको खोखोमा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्विनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो ।
महिलातर्फ लुम्विनी प्रदेशले स्वर्ण पदक जितेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्विनी प्रदेशले स्वर्ण पदक पाएको हो ।

राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ वागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै कास्य पदक जितेको हो ।

पुरुषतर्फ वागमतीले प्रदेश १ लाई नै हराउँदै कास्य पदक जितेको छ । वागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो । असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीय सहित ९ टिम सहभागी थिए ।

 

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०३:५३
हजुरको प्रतिक्रिया
पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

२०७९ कात्तिक ३ गते बिहीबार ०५:००
कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

२०७९ कात्तिक ३ गते बिहीबार ०४:१२