२०८३ कात्तिक ११ गते मंगलबार

पब्लिक टिभीकाे अफिसियल होटल पार्टनर हाेटल शारा

पब्लिक टिभीकाे अफिसियल होटल पार्टनर हाेटल शारा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १२ गते मंगलबार ०८:२९

होटलका अध्यक्ष चक्रपाणि सुवेदी र टिभीका बजार निर्देशक उदीपराज ढुंगानाबीच वार्षिक सहकार्य गर्ने सम्झौता भएको हो ।

पोखरा
पोखराबाट देशैभर प्रसारण हुने पब्लिक फोरके टेलिभिजनको होटल पार्टनर ‘शारा होटल’ हुने भएको छ । होटलका अध्यक्ष सीपी सुवेदी (चक्रपाणि) र टिभीका बजार निर्देशक उदीपराज ढुंगानाबीच वार्षिक सहकार्य गर्ने सम्झौता भएको हो ।

लक्जरियस रुमका लागि प्रख्यात होटल शाराले आफ्नो आधिकारिक नारा नै ‘लक्जरियस हस्पिटालिटी’ राखेको छ । पर्यटन व्यवसायी सुवेदीले २२ वर्ष जापानमा बसेर फर्किएपछि पोखरामा उच्च गुणस्तरीय होटल खोलेका हुन् । यो होटल पोखराको एकमात्र सुविधासम्पन्न ११ तले होटल हो ।

जापानिज प्रविधिमा सञ्चालित उक्त होटल पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको स्ट्रिट नं. १४ मा छ । ‘सरल र अत्याधुनिक लबी, अटोमेटिक ट्वाइलेटलगायत सुविधा छन्,’ होटलका अध्यक्ष सुवेदीले भने, ‘परिवारनुकुलित वातावरणका लागि हाम्रो होटल एकदमै उत्तम छ ।’

बिजनेस एन्ड इभेन्ट अफिसर आस्था नेपालीले टिभीकाे अफिसियल हाेटल पार्टनरका रूपमा एक वर्षका लागि होटलसँग सम्झौता गरिएको सुनाइन् । ‘एक वर्षसम्म विभिन्न टर्म एन्ड कन्डिसनमा होटल शारासँग हाम्रो सहकार्य हुनेछ । तर, यो केवल एक वर्ष समयमात्रै हाेइन, हाम्रो सहकार्य लामो समय जानेमा हामी विश्वस्त छौं,’ उनले भनिन् ।

पब्लिक फाेके टेलिभिजनले पाेखरामा हुने २२ औं आहारारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति २०७९ पुस १२ गते मंगलबार ०८:२९
हजुरको प्रतिक्रिया