२०८३ साउन २१ गते बिहीबार

चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै पुलिस आहा रारा गोल्डकपको फाइनल प्रवेश

चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै पुलिस आहा रारा गोल्डकपको फाइनल प्रवेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ३० गते बुधबार ०५:४७

पुलिसले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार खेल्नेछ ।

पोखरा ।

नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिसको जितमा सञ्जिव लामाले गोल गरे । खेलको ५८औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र सिंह थापा झुक्किदा सञ्जिवले हानेको बल गोलमा परिणत भएको थियो । त्यसपछि पाएका अवसरमा गोल गर्न नसक्दा चर्च ब्वाइज सेमिफाइनलबाट घर फर्किनुप¥यो । उक्त खेलमा आहा रारा पोखरा गोल्डकपको २ सय ५० औँ खेल थियो ।

आहा रारामा पुलिसको ५०औं खेल हो । पुलिसले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ ।

उक्त खेलमा थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले प्रतिष्पर्धा गर्नेछन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति २०८१ माघ ३० गते बुधबार ०५:४७
हजुरको प्रतिक्रिया