२०८३ साउन २१ गते बिहीबार

आहारारा गोल्डकप : दोस्रो क्वाटरफाइनमाल आज थ्री स्टार र मछिन्द्र एफसी भिड्दै

आहारारा गोल्डकप : दोस्रो क्वाटरफाइनमाल आज थ्री स्टार र मछिन्द्र एफसी भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार १०:०७

मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

पोखरा ।

२४औं आहारारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनमाल आज ए डिभिजनका दुई क्लब थ्री स्टार र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल पोखरा रंगशालमा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

यसअघि हिजो भएको पहिलो क्वार्टरफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० ले पराजित गर्दै पुलिसले सेमिफाइलनमा स्थान पक्का गरेको छ ।

पुलिसले दुवै गोल पहिलो हाफमा गरेको थियो । पुलिसले दुवै गोल कर्नरमार्फत गरेको हो ।

पुलिसले यसअघि प्रिक्वार्टरफाइलनमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको थियो ।

पुलिसले अब फाइलन प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र चर्च ब्बाइज युनाइटेढ क्लबको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

पुुलिससँग पराजित भएको ब्रिगेड ब्वाइज क्लब पहिलो खेलबाटै घर फर्किएको छ ।

२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार १०:०७
हजुरको प्रतिक्रिया