२०८३ असोज २३ गते शुक्रबार

एनआरटीलाई पराजित गर्दैै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

एनआरटीलाई पराजित गर्दैै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २४ गते बिहीबार ०६:५९

६४औं मिनेटमा पेनाल्टीमार्फत नविन लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा फर्काए ।

पोखरा ।

चर्च ब्वाइज युनाइटेढ क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

चर्च ब्वाइज युनाइटेढ क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको खेलको सडनडेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पहिलो ५ प्रहारमा दुवैतर्फबाट ४–४ गोल भएको थियो । सडनडेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापाले एनआरटीका खेलाडीको प्रहार बचाउँदै टोलीलाई जित दिलाए ।

दुवै टोलीका ९–९ जना खेलाडीले पेनाल्टी प्रहार गरे । जसमा चर्च ब्वाइजबाट ६ र एनआरटीबाट ५ गोल भयो ।

यसअघि भएको निर्धारित समयको २५औं मिनेटमा रिचर्ड विल्सले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ६४औं मिनेटमा पेनाल्टीमार्फत नविन लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा फर्काए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अब चर्च ब्वाइज सेमिफाइलन प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ०६:५९

हजुरको प्रतिक्रिया