२०८३ साउन २१ गते बिहीबार

२२ औं आहारारा पोखरा गोल्डकपः  पहिलो हाफमा धरानको अग्रता

२२ औं आहारारा पोखरा गोल्डकपः  पहिलो हाफमा धरानको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १४ गते बिहीबार ०३:३९

पाेखरा पोखरामा बिहीबारदेखि सुरु भएको २२ औं आहारारा पोखरा गोल्डकपको पहिलो हाफमा धरान फुटबल क्लबले अग्रता लिएको छ । धरानको अग्रतामा प्रकाश बुढाथोकीले विपक्षी पोस्टमा बल चुमाएका थिए । खेल सुरु भएको ४ औं मिनेटमै धरानले डिबक्स क्षेत्र...

पाेखरा
पोखरामा बिहीबारदेखि सुरु भएको २२ औं आहारारा पोखरा गोल्डकपको पहिलो हाफमा धरान फुटबल क्लबले अग्रता लिएको छ । धरानको अग्रतामा प्रकाश बुढाथोकीले विपक्षी पोस्टमा बल चुमाएका थिए ।

खेल सुरु भएको ४ औं मिनेटमै धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरको सुन्दर सदुपयोग गर्दै गोल गरेका हुन् । प्रतिस्पर्धात्मक बनिरहेको खेलमा आयोजक सहारा गोल गर्न प्रयासरत छ ।

यसअघि आयोजक सहारा र धरान २०६७ र ६८ मा उद्घाटन खेलमा भिडेका थिए । जसमा दुवै खेल सहाराले जित निकालेको थियो ।

नवौं आहारारा गोल्डकपमा सहाराले धरानलाई २–१ र दशौं संस्करणमा १–० गोलअन्तरले जित निकालेको थियो ।

प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०३:३९
हजुरको प्रतिक्रिया