पोखरा
पोखरामा बिहीबारदेखि सुरु भएको २२ औं आहारारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुआत गरेको छ । सहारा क्लबले आयोजना गर्दै आएको खेलमा आयोजकलाई १–० ले हराउँदै धरानले जित निकालेको हो ।
धरानका प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ४ औं मिनेटमै धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरको सुन्दर सदुपयोग गर्दै गोल गरेका बुढाथोकीले गोल गरेका हुन् । उनकै गोल निर्णायक हुन पुग्यो ।
बुढाथोकी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भएका छन् ।

११ वर्षपछि आयोजकसँग हारको बदला
आहारारा गोल्डकपमा आयोजक सहारा र धरान फुटबल क्लब बिहीबारको भिडन्तसँगै तेस्रो पटक मैदानमा आमनेसामने भएका हुन् । यसअघिका २ खेलमा धरान आयोजक सहारासँग पराजित भएको थियो ।
अन्तिम पटक यी दुई टोलीबीच २०६८ मा प्रतिस्पर्धा गरेको थिए । दशौं आहारारा गोल्डकपको उक्त खेलमा सहाराले १–० ले धरानलाई पराजित गरेको थियो । त्यसको अघिल्लो नवौं संस्करणको पहिलो खेलमा पनि आयोजक सहाराले धरानलाई २–१ ले पराजित गरेको थियो ।
तर, बिहीबार भएको आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणका उद्घाटन खेलमा भने लामो समयपछि हारको बदला लिँदै सुखद पुनरागमन गरेको हो । खेलको दोस्रो हाफ धरान आयोजकको दबाबमा रहे पनि गोल चुमाउन नसक्दा पहिलो खेलबाटै बाहिरिनु परेको छ ।
२२ औं संस्करणको आहारारा गोल्डकपको शुक्रबार हुने दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच पोखरा रंगशालामा हुनेछ ।
प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०४:५२




