२०८३ साउन २१ गते बिहीबार

साविक विजेतासँग एपीएफसँग सेमिफाइनलका लागि भिड्दै धरान

साविक विजेतासँग एपीएफसँग सेमिफाइनलका लागि भिड्दै धरान

विकास मगर

@BIKASH MAGAR

२०७९ पुस १६ गते शनिबार ११:३०

बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेको एपीएफ साविक विजेता हो भने धरानले आयोजक सहारालाई हराएको थियो ।

पोखरा
पोखरामा जारी आहारारा पोखरा गोल्डकपको पहिलो क्वाटरफाइनलअन्तर्गत आज विभागीय टोली एपीएफ र धरान फुटबल क्लब भिड्दैछन् । बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेको एपीएफ साविक विजेता हो भने धरानले आयोजक सहारालाई हराएको थियो ।

आहाराराको २२ औं संस्करणसम्म आइपुग्दा तेस्रो पट्क एपीएफ र धरान भिड्दैछन् । यसअघि दुवै टोली समूह चरणमा मात्रै खेल्ने अवसर पाएका थिए । जसमा एक खेल धरान र एक खेल एपीएफले जितेका छन् ।

विभागीय टोली एपीएफ र धरान फुटबल क्लब पहिलो पटक ०६२ सालको आहारारा पोखरा (आहा गोल्डकप)मा भेट भएका थिए । समूह चरणअन्तर्गतको दोस्रो खेल निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा विभागीय टिम एपीएफले ४–३ ले जित निकालेको थियो ।

दोस्रो पटक दुवै टिम ०७३ सालको आहारारा गोल्डकपमा पनि समूह चरणकै दोस्रो खेलमा आमनेसामने भएका थिए । तर, त्यतिबेला धरानले अघिल्लो हारको बदला लिँदै धरानले एपीएफमाथि १–० ले विजयी भएको थियो ।

त्यसयता दुवै टिम आहारारा पोखरा गोल्डकपमा खेल्ने मौका मिलेको थिएन । यसपटक २२ औं संस्करणमा भने दुवै टिम अन्तिम ४ का लागि भिड्न लागेका हुन् । ०७५ मा हार व्यहोरेपछि धरान यसै संस्करणबाट पुनः खेलमा फर्किएको हो भने विभागीय टिम साविक विजेता टोली हो ।

गत वर्ष माघमा भएको आहारारा गोल्डकपमा एपीएफले फाइनलमा मनाङमस्र्याङ्दी क्लबलाई पराजित गर्दै पहिलो पटक उपाधि चुमेको थियो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि ट्राइब्रेकरमा गएको थियो । जसमा एपीएफले ५–४ ले जित निकालेको थियो ।

एपीएफ यसअघि ०६४ को आहा गोल्डकपमा पनि फाइनल पुगेको थियो । उक्त संंस्करणमा एपीएफ अर्को विभागीय टिम नेपाल पुलिसँग २–० ले पराजित हुन पुग्यो । धरान ०७४ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो । तर, उक्त खेलमा विभागीय टोली नेपाल पुलिससँग १–० ले हार व्यहोर्दै बाहिरिनु प¥यो ।

मोफसलकै अर्को चर्चित खेल बुढासुब्बा गोल्डकप आयोजना गर्र्दै आएको धरान फुटबल क्लब ०७५ को समूह चरणमा हिमालयन शेर्पासँग १–० ले पराजित भए पनि आहारारा पोखरा गोल्डकपमा सहभागी भएको थिएन ।

शुक्रबार भएको २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको दोस्रो खेलमा ६ पटकको विजेता नेपाल पुलिस क्लबलाई २–०ले पराजित गर्दै नवप्रवेशी टिम चर्च ब्वाइज युनाइटेड क्वाटरफाइनलमा पुगेको छ ।

क्वाटरफाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति २०७९ पुस १६ गते शनिबार ११:३०
हजुरको प्रतिक्रिया