२०८३ साउन २१ गते बिहीबार

खेल रोमाञ्चक, पहिलो हाफ २ गोलको बराबरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २३ गते शनिबार ०२:५१

पोखरा पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनल खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको छ । उपाधिका लागि संकटा र अमेरिकी टिम भुटनिज युथ मैदानमा संघर्षरत छन् । खेलमा पहिलो अग्रता संकटा लिएको थियो । संकटाका खेलाडी सुरजज्यू...

पोखरा

पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनल खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको छ । उपाधिका लागि संकटा र अमेरिकी टिम भुटनिज युथ मैदानमा संघर्षरत छन् ।

खेलमा पहिलो अग्रता संकटा लिएको थियो । संकटाका खेलाडी सुरजज्यू ठकुरीले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

संकटाका निशान खड्काले बायाँ कर्नर छेउबाट दिएको लामो प्रहारलाई भुटनिजका गोल रक्षक तथा कप्तानसमेत रहेका पुजन थापा मगरले मुक्का प्रहार गर्दै बचाउने प्रयासमा थिए ।

तर, उनको हातबाट फुत्किएको रिबाउन्ड बललाई नै पुनः प्रहार गर्दै ठकुरीले गोलपोस्टको जाली चुमाए ।

खेलको २७ औं मिनेटमा भुटनिजले डिबक्स क्षेत्र नजिकै फ्रिकिकको मौका पाएको थियो । तर, रेने स्यान्टिलनले मौकाको सदुपयोग गर्न भने सकेनन् ।

मेसुके ओलामाउले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्र्दै संकटाको अग्रता दोब्बर बनाए । कर्नर किक पाएको संकटाका कप्तानसमेत रहेका सुनिल बलको प्रहारलाई ओलामाउले गोलमा परिणत गरेका थिए ।

तर, खुसी लामो समयसम्म टिक्न सकेन । खेलको ३७ औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै अग्रतालाई १–० को अन्तरमा ल्याएका थिए । लगत्तै संकटाले फेरि फ्रिकिको अवसर पाएको थियो । तर, स्टेफन बिनोङको बल पोस्टभन्दा बाहिर बाहिरिन पुग्यो ।

खेलको ४७ औं मिनेटमा थोमस स्याकरले गोल पोस्टमा हेडर प्रहार गरेका थिए । उनको बललाई संकटाका गोल रक्षक टीकेन्द्र थापाले बचाउन प्रयास गर्दा फुट्किएको बललाई हेडरबाटै भुटनिजका विलिस ग्रिफिटले फिनिसिङ दिएका हुन् ।

उनको गोलसँगै पहिलो हाफमै २–२ गोलको बराबरीमा फर्र्किएको थियो ।

खेल पब्लिक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेकाे छ ।

प्रकाशित मिति २०७९ पुस २३ गते शनिबार ०२:५१
हजुरको प्रतिक्रिया