२०८३ असोज २४ गते शनिबार

आहारारा पोखरा गोल्डकप: पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार भिड्दै

आहारारा पोखरा गोल्डकप: पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १७ गते बुधबार ०९:४१

खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुनेछ । थ्रीस्टार र जावलाखेल आहारारामा तेस्रोपटक आमनेसामने हुन लागेका हुन् ।

पोखरा ।

आहारारा पोखरा गोल्डकपमा आज जावलाखेल युथ क्लब र थ्रीस्टार क्लब खेल्दैछन ।

पोखरामा जारी २३औं संस्करणको आहारारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार आमनेसामने हुन लागेका हुन् ।

खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुनेछ । थ्रीस्टार र जावलाखेल आहारारामा तेस्रोपटक आमनेसामने हुन लागेका हुन् ।

२०६८ सालको क्वार्टरफाइनलमा यी दुई टोलीले पहिलोपटक मैदान साटेका थिए । पहिलो पटक सहभागी जावलाखेलले थ्रीस्टारलाई ३-१ ले पराजित गर्दै फाइनलसम्मको यात्रा गर्न सफल भयो ।

लगत्तै ११औं संस्करणमा २०६९ सालमा सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक मैदान उत्रिए । थ्रीस्टारले २-१ गोल अन्तरले जावलाखेललाई पन्छ्याउदै अघिल्लो संस्करणको हारको बदला लियो ।

आजको तेस्रो भेटमा सफल एक टोलीले उपाधि यात्रा तय गर्नेछ । थ्रीस्टारले हालसम्म आहाराराको ५ पटक उपाधि रक्षा गरिसकेको छ ।
जावलाखेल भने अहिलेसम्म उपाधिविहिन छ ।

क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसीलाई हराउदै सेमिफाइनलमा पुगेको हो ।

जावलाखेलले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

प्रकाशित मिति २०८० माघ १७ गते बुधबार ०९:४१
हजुरको प्रतिक्रिया