२०८३ साउन २१ गते बिहीबार

बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो

बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १७ गते सोमबार ०७:४०

तेस्राे स्थानमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७१ मत पाएका छन् ।

माओवादी केन्द्र तेस्राे, एकीकृत समाजवादी चाैंथाे स्थानमा

धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ८ हजार २२७ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार ९७४ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दाेब्बर मतसहित अग्रता बनाएको थियो ।

तेस्राे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७१ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले दुईसय मत पाएका छन् ।

प्रकाशित मिति २०८१ वैशाख १७ गते सोमबार ०७:४०
हजुरको प्रतिक्रिया