धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।
सिंहले ८ हजार २२७ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार ९७४ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दाेब्बर मतसहित अग्रता बनाएको थियो ।
तेस्राे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७१ मत पाएका छन् ।
राप्रपाका किशोर खड्काले दुईसय मत पाएका छन् ।
प्रकाशित मिति २०८१ वैशाख १७ गते सोमबार ०७:४०