२०८३ साउन २१ गते बिहीबार

फेवा तालको सिमसार क्षेत्रमा कानुन विपरित माटो पुर्ने युवराज खतिवडामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

फेवा तालको सिमसार क्षेत्रमा कानुन विपरित माटो पुर्ने युवराज खतिवडामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ८ गते मंगलबार ०७:०१

अभद्र व्यवहारको कसुर मुद्दामा अनुसान्धान जारी

पोखरा ।

फेवा तालको रामसार सूचिमा पर्ने सिमसार क्षेत्रमा कानुन विपरित धमाधम माटो पुर्ने युवाराज खतिवडालाई अनुसन्धान गर्न पाँच दिन म्याद थप भए भएको छ ।

फेवातालको सिरान सिमसार क्षेत्र पुर्न सक्रिय खतिवडालाई सोमबार दिउँसो सिमसार क्षेत्र पुदैँ गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले खतिवडालाई अभद्र व्यवहारको कसुर मुद्दामा ५ दिन म्याद थप भएको जानकारी दिए । धादिङ घर भई हाल पोखरा ५ बस्दै आएका व्यवसायी खतिवडाले आफै उपस्थित भएर ट्रिपका ट्रिप माटो ल्याएर धमाधम सिमसार क्षेत्र पुर्ने काम गरिरहेका थिए ।

पोखरा–२४ पामेमा खतिवडाले सिमसार पुर्न प्रयोग गरेको माटो बोकेको टिप्पर रोकेको थियो । सो क्रममा खतिवडाले प्रहरी माथी जथाभावी बोल्ने र मजदुर प्रयोग गरेर टिप्पर जवरजस्ती छुटाउने प्रयास गरेका थिए ।

उनले पोखरा २४ लौरुक स्थित जंगलको फेदमा धमाधम स्काभेटर लगाएर अनुमती वेगर उत्खनन कार्य भइरहेको थियो । खतिवडाले माटो खनेको, ओसारपसार गरेको र पुर्ने गैरकानुनी कार्य गदैँ आएका छन् ।

व्यवसायी खतिवडा यस अघिपनि पटकपटक फेवा तालको सिमसार पुर्ने कार्यमा संलग्न हुदै आएका थिए । पोखरा महानगरपालिका र स्थानीय प्रशासनले जति रोक्ने प्रयास गरे पनि उनले लुकिछिपी तथा बलमिच्याइ गरेर सिमसार

पुदैँ संरचना निर्माण गदै आएका थिए । विगतमा पनि खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले २०७५ सालमा तालको संरक्षण गर्न परमादेश जारी गरेको थियो ।

तर, फैसलाको कार्यान्वयनमा ढिलाइ हुदाँ भू–माफियाहरुले फेवातालको सिमसार पुदैँ प्लटिङ गर्ने काम भने रोकिएको छैन । सिमसार पुरिदा जलचरको वासस्थान नष्ट हुनुको साथै तालको पारिस्थितिक प्राणलीमै गम्भिर असर परेको छ ।

प्रकाशित मिति २०८२ पुस ८ गते मंगलबार ०७:०१
हजुरको प्रतिक्रिया