२०८३ साउन २१ गते बिहीबार

लडेर ३५ वर्षीय वडाध्यक्षको निधन

लडेर ३५ वर्षीय वडाध्यक्षको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ११ गते शुक्रबार ०९:३१

साँझ उनको घरमा बत्ती नबलेपछि आफन्त गएर हेर्दा उनी भुँइमा घोप्टो परेको अवस्थामा बेहोस थिए ।

गोरखा

गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको  निधन भएको छ । बिहीबार साँझ गोरखा ५ पसलाङस्थित आफ्नै  घरमै एक्कासी लडेर बेहोस भएका ३५ वर्षीय उनलाई उपचारको लागि गाेरखा अस्पताल लगिएको थियो ।

अस्पतालका अनुसार उनको  अस्पताल पुग्नु अघि नै निधन भएको हो । रानाको श्रीमती काम विशेषले भारत गएको र घरमा एक्लै भएको अवस्थामा उनी लडेर बेहोस भएको आफन्तले बताएका छन् । साँझ उनको घरमा बत्ती नबलेपछि आफन्त गएर हेर्दा उनी भुँइमा घोप्टो परेको अवस्थामा बेहोस थिए ।

नेकपा एमालेबाट निर्वाचित उनी पार्टीको जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपाल गण्डकीका सहइन्चार्ज समेत थिए । उनको शवलाई पोष्टमार्टको लागि अस्पतालमा राखिएको प्रहरीले बताएकाे छ ।

 

प्रकाशित मिति २०७९ कात्तिक ११ गते शुक्रबार ०९:३१
हजुरको प्रतिक्रिया