२०८३ साउन २१ गते बिहीबार

सन्दीप विरुद्धकाे अभियाेगपत्र अदालत पेश

सन्दीप विरुद्धकाे अभियाेगपत्र अदालत पेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १४ गते सोमबार ०१:४६

प्रहरीले बलात्कार अभियोगमा १०/१२ वर्षसम्म कैद सजाय माग गदै मुद्दा दर्ता गरेकोे छ । मुद्दा दर्ता गरेपछि देखि थुनछेक बहसहुनेछ ।

काठमाडौं

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दा आज जिल्ला अदालत काठमाडौ दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी आज अदालतमा मुद्दा दर्ता गरेकाे हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछाने विरुद्ध प्रहरीले ३ पटक म्याद थप गरी अनुसन्धान गर्दै आएको थियाे ।

उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ । वयानका क्रममा उनले होटलमासँगैं बसेकाे तर बलात्कार नगरेको जिकिर गरेका छन् । १७ वर्षीय किशोरीले गत भदौ २१ गते लामिछाने विरुद्ध उजुरी दिएकी थिइन् । उनले गत भदौ ५ गते लामिछानेलाई आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन् । लामिछाने अहिले गौशाला प्रहरी परिसरको हिरासतमा रहका छन् । प्रहरीले बलात्कार अभियोगमा १०/१२ वर्षसम्म कैद सजाय माग गदै मुद्दा दर्ता गरेकोे छ । मुद्दा दर्ता गरेपछि देखि थुनछेक बहसहुनेछ ।

 

प्रकाशित मिति २०७९ कात्तिक १४ गते सोमबार ०१:४६
हजुरको प्रतिक्रिया