२०८३ साउन २१ गते बिहीबार

निर्वाचनअवधिमा कास्कीका रात्रिकालीन व्यवसाय कुन दिन, कति बजेसम्म खुल्न पाउँछन् ?

निर्वाचनअवधिमा कास्कीका रात्रिकालीन व्यवसाय कुन दिन, कति बजेसम्म खुल्न पाउँछन् ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २९ गते मंगलबार ०५:२३

पोखरा आसन्न निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कास्कीले रात्रिकालीन व्यवसाय लक्ष्य गरी समयतालिका सार्वजनिक गरेको छ । मंसिर ४ बाहेक तोकिएका अन्य दिनमा आंशिक रुपमा व्यवसाय खुला गर्न पाउने भए पनि बिहीबारदेखि नै मदिराजन्य...

पोखरा
आसन्न निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कास्कीले रात्रिकालीन व्यवसाय लक्ष्य गरी समयतालिका सार्वजनिक गरेको छ ।

मंसिर ४ बाहेक तोकिएका अन्य दिनमा आंशिक रुपमा व्यवसाय खुला गर्न पाउने भए पनि बिहीबारदेखि नै मदिराजन्य सामग्री बिक्री वितरणमा भने पूर्ण रुपमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कास्कीका सहायक जिल्ला अधिकारी गुरुदत्त ढकाल हस्ताक्षरित सूचनामा असोज ३० गतेदेखि मंसिर २ गतेसम्म राति १० बजेसम्म, मंसिर ३ गते राति ८ बजेसम्म, निर्वाचनका दिन पूर्ण रुपमा बन्द र मंसिर ५ गतेदेखि निर्वाचनको अन्तिम मत परिणाम नआउँदासम्म १० बजेसम्ममात्रै रात्रिकालीन व्यवसाय सञ्चालन गन पाउने उल्लेख छ ।

हेर्नुहाेस् जिल्ला प्रशासन कास्कीकाे सूचनाः

प्रकाशित मिति २०७९ कात्तिक २९ गते मंगलबार ०५:२३
हजुरको प्रतिक्रिया