२०८३ साउन २१ गते बिहीबार

सार्वजनिक सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीको ३० बुँदे निर्देशन

सार्वजनिक सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीको ३० बुँदे निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १९ गते मंगलबार ०२:५१

उनले राहदानी र लाइसेन्स लिनका लागि अहिलेको जस्तै सेवाग्रहीको लाइन देखिए कर्मचारीलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

सेवा प्रभावकारी नभए कर्मचारीलाई कारबाही गर्ने चेतावनी

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई सार्वजनिक सेवा चुस्तम बनाउन निर्देशन दिएका छन् । उनले आज मन्त्रालयका सचिवहरुलाई ३० बुँदे निर्देशन दिँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले राहदानी र लाइसेन्स लिनका लागि अहिलेको जस्तै सेवाग्रहीको लाइन देखिए कर्मचारीलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

सिंहदरबारमा मंगलबार विभिन्न मन्त्रालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह बारेमा सचिवहरुलाई निर्देशन दिएका हुन् । सोमबार मन्त्रालयका सचिव, विभिन्न संवैधानिक आयोग र निकायका सचिवहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सचिवहरुको प्रस्तुति सकिँएपछि प्रधानमन्त्रीले जनताका दैनिक सरोकार, विकास निर्माण र सेवा प्रवाहका बारेमा सचिवहरुलाई निर्देशन भएका हुन् । जनताले सास्ती नपाउने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए ।

 

 

प्रकाशित मिति २०७९ पुस १९ गते मंगलबार ०२:५१
हजुरको प्रतिक्रिया