पोखरा
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र ३ जना बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारी, एमालेकी सीताकुमारी सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई सोमबार बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन् ।
एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ जना र एकजना स्वतन्त्रसहित गरेर ३३ जना सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।
प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार ०५:१४