पोखरा
राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती आज देशैभर विविधि कार्यक्रमको आयोजना गरि मनाइयो । पृथ्वीनारायण शाहको ३ सय १ औं जन्मजयन्ती र दिवस मनाउन आज सरकारले सार्वजनिक बिदा पनि दिएको थियो ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते राजा भएका उनले नेपालको सीमा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म विस्तार गरेका थिए । उनी राजा हुनु भन्दा अघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायणको निधनपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
यस्तै पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा आज पोखरामा पनि विविध कार्यक्रम गरियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण साहको सालिकमा माल्यार्पण, रयाली प्रदर्शन तथा साँझ दीप प्रज्ज्वलन कार्यक्रम गरेको थियो ।
पोखरामा भएको रयाली प्रदर्शन झलक यस्तो छ :
प्रकाशित मिति २०७९ पुस २७ गते बुधबार ०७:२२