२०८३ साउन २१ गते बिहीबार

सन्दीप लामिछानेको पुनरावेदन पेसीमा आज सुनुवाइ

सन्दीप लामिछानेको पुनरावेदन पेसीमा आज सुनुवाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २८ गते बिहीबार १२:२४

काठमाडौं जिल्ला अदालतले मुद्दा किनारा नलाग्दासम्म उनलाई थुनामा राख्न आदेश गरेको छ ।

काठमाडौं

बलात्कार आरोपमा थुनामा रहेका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा उनको पुनरावेदनको पेसीमा सुनुवाइ हुन लागेको हो ।

जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध उनले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासउमा पेसी तोकिएको पाटल अदालतले बताएको छ । यसअघि तीनपटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन ।

इजलासबाट सुनुवाइ हेर्न नभ्याइएको खण्डमा फेरि पनि पेसी स्थगित हुन सक्छ । गएको कात्तिक १८ गते उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । गत भदैमा लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको थियो । १७ वर्षीया किशोरीले आफूलाई लामिछानेले जवर्जस्ती करणी गरेको भन्दै उजुरी दिएकी हुन् । काठमाडौं जिल्ला अदालतले मुद्दा किनारा नलाग्दासम्म उनलाई थुनामा राख्न आदेश गरेको छ ।

प्रकाशित मिति २०७९ पुस २८ गते बिहीबार १२:२४
हजुरको प्रतिक्रिया