२०८३ साउन २१ गते बिहीबार

अपुष्ट, पहिचान नभएका र सनाखत हुन बाँकी शव काठमाडौं लगिदैं

अपुष्ट, पहिचान नभएका र सनाखत हुन बाँकी शव काठमाडौं लगिदैं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ३ गते मंगलबार १०:४५

आज २२ जनाको पोस्टमार्टम गर्ने प्रक्रिया सुरु गरेको  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीका निर्देशक भरत खत्रीले जानकारी दिए ।

२२ जनाको शव पोखरामा पोस्टमार्टम गर्ने प्रक्रिया सुरु

पोखरा

पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएकाहरु ७० जना मध्येको हिजो र आज गरि ३ जनाको पोस्टमार्टम कार्य सकिएको छ । यससंगै परिवारले शव पनि बुझिसकेका छन् ।

आज २२ जनाको पोस्टमार्टम गर्ने प्रक्रिया सुरु गरेको  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीका निर्देशक भरत खत्रीले जानकारी दिए ।

अपुष्ट, विदेशी एवं पहिचान नखुलेका बाँकी शवको पोस्टमार्टमका लागि अहिले केहीबेरमा काठमाडौं लगिदैँ छ । नेपाली सेनाको स्काई ट्रकको जहाजमा २३ र २५ जनाको शवलाई हेलिकप्टरबाट लैजाने तयारी रहेको छ ।

आइतबारकाठमाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो ।

विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानमा यात्रारत हालसम्म ७० जनाको शव भेटिए पनि २ जना भेटिन बाँकी छ ।

प्रकाशित मिति २०७९ माघ ३ गते मंगलबार १०:४५
हजुरको प्रतिक्रिया