२०८३ साउन २१ गते बिहीबार

पत्रकार त्रिभुवन पाैडेलकाे श्रद्धाञ्जली सभामा सयाैंका रसाए आँखा

पत्रकार त्रिभुवन पाैडेलकाे श्रद्धाञ्जली सभामा सयाैंका रसाए आँखा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ३ गते मंगलबार ०२:२१

पोखरा पत्रकार त्रिभुवन पाैडेलकाे  रामघाटमा अन्त्येष्टि गरिएको छ । यसअघि उनको शवलाई घर लगाकर पत्रकार महासंघमा श्रद्धाञ्जलीका लागि रोकिएको थियो ।श्रद्धाञ्जलि सभामा उपस्थित सयौका आँखा रसाएका थिए । उनलाई श्रद्धाञ्जली अर्पण गर्न...

पोखरा

पत्रकार त्रिभुवन पाैडेलकाे  रामघाटमा अन्त्येष्टि गरिएको छ । यसअघि उनको शवलाई घर लगाकर पत्रकार महासंघमा श्रद्धाञ्जलीका लागि रोकिएको थियो ।श्रद्धाञ्जलि सभामा उपस्थित सयौका आँखा रसाएका थिए ।

उनलाई श्रद्धाञ्जली अर्पण गर्न सयाैंकाे संख्यामा महासंघमा भेला भएका थिए । मुख्यमन्त्री खगराज अधिकारी, प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी, पत्रकारका संगठनहरू र सयाैं शुभचिन्तक श्रद्धाञ्जली सभामा भेला भएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं पुगेका थिए । प्रचण्डको ब्यस्तताका कारण समय नमिलेपछि १/२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल पोखरा फर्कन जहाज चढेका  थिए ।

पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए । पौडेलको मृत्युले सिंगो पोखरेली पत्रकारिता स्तब्ध भएको छ । पौडेलले पत्रकारितामा छोटो समयमै आफूलाई स्थापित गर्न सफल भएका थिए ।

प्रकाशित मिति २०७९ माघ ३ गते मंगलबार ०२:२१
हजुरको प्रतिक्रिया