२०८३ साउन २१ गते बिहीबार

बलात्कार मुद्दामा पललाई तनहुँ अदालतबाट सफाइ

बलात्कार मुद्दामा पललाई तनहुँ अदालतबाट सफाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ३ गते मंगलबार ०६:३९

जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बाल यौन दुर्व्यवहारको आरोपमा २ वर्ष ६ महिना जेल सजाय सुनाउँदै पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । त्यसैले पल तत्काल छुट्ने छैनन् ।

पोखरा । अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

शाहमाथि नाबालिका बलात्कार गरेको आरोप लागेको थियो । उक्त अभियोगमा दाबी नपुगेको भन्दै जिल्ला अदालत तनहुँका न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो ।

शाहसँगै उनका म्यानेजर कृष्ण जोशीले पनि सफाइ पाएका छन् । शाहमाथि तनहुँ जिल्ला अदालत र जिल्ला अदालत नवलपरासी पूर्वमा बालिका बलात्कारको मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई बाल यौन दुर्व्यवहारको आरोपमा २ वर्ष ६ महिना जेल सजाय सुनाउँदै पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । त्यसैले पल तत्काल छुट्ने छैनन् । तर, शाहको तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन मुद्दा दायर भएको छ ।

प्रकाशित मिति २०७९ माघ ३ गते मंगलबार ०६:३९

हजुरको प्रतिक्रिया