२०८३ साउन २१ गते बिहीबार

रुपाका पहिलो पाइलट केसीको सालिक निर्माण गरिने

रुपाका पहिलो पाइलट केसीको सालिक निर्माण गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ४ गते बुधबार ०९:०६

केसीको अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाज दुर्घटना निधन भएका ७२ जनाको नाम लेखिने ओझाले बताए ।

पोखरा

कास्कीको रुपा गाउँपालिकाका पहिलो पाइलट कमल केसीको सालिक निर्माण गरिने भएको छ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पाइलट केसीको निधन भएको थियो । रुपा गाउँपालिकाले निधन भएका केसीप्रति दुख व्यक्त गर्दै अर्ध कदको सालिक निर्माण गर्ने निर्णय गरेको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

मंगलबार बसेको गाउँपालिकाको बैठकले रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय पनि गरेको छ । केसीको अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाज दुर्घटना निधन भएका ७२ जनाको नाम लेखिने ओझाले बताए । पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णय समेत गरेको छ । रुपा गाउँपालिका १ मा जन्मेका केसीलाई गाउँपालिकाको चौंथो स्थापना दिवसमा रुपा रत्नबाट सम्मान गरेको थियो ।

अध्यक्ष ओझाले केसीसहित जहाज दुर्घटनामा निधन भएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी २०४६ मा नेपाल वायुसेवाबाट सेवा सुरु गरेका केसीले भारतको बैंङलोरमा रहेको इन्डियन एयरलाइन्समा पनि काम गरेका थिए । अहिले यती एयरलायन्समा आबद्ध केपी प्रशिक्षक पाइलट थिए । दुर्घटनामा पाइलट केसीसहित ७२ जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति २०७९ माघ ४ गते बुधबार ०९:०६
हजुरको प्रतिक्रिया