२०८३ साउन २१ गते बिहीबार

जहाज दुर्घटनामा मृत्युका मध्ये ३४ शव आफन्तलाई बुझाइयो

जहाज दुर्घटनामा मृत्युका मध्ये ३४ शव आफन्तलाई बुझाइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ६ गते शुक्रबार ०९:५७

यती एयरलाइन्सको एटिआर विमान दुर्घटनाको अध्ययन गर्न विमान निर्माता फ्रान्सेली कम्पनीको टोली पोखरा आएको छ । नेपालमा पहिलोपटक एटिआर जहाज दुर्घटना भएकाले पनि बिमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

पोखरा

पोखरामा आइतबार भएको यती जहाज दुर्घटनामा ज्यान गुमाएका मध्ये ३४ जनाको शव परिवारलाई बुझाइएको छ ।

जहाज दुर्घटनामा ७२ जनाको निधन भएको थियो भने अहिले बिहीबारसम्म ४६ शवको फरेन्सिक जाँच गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फरेन्सिक गरिएका मध्ये ३४ शव परिवारलाई बुझाइएको हो । २४ जनाको शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं र २२ जनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा फरेन्सिक परीक्षण गरिएको हो ।

विमानमा सवार ७२ जनामध्ये १ को अवस्था अझै अज्ञात छ । पोखरामा २२ शव परिवारलाई हस्तान्तरण गरिएको थियो । यती एयरलाइन्सको एटिआर विमान दुर्घटनाको अध्ययन गर्न विमान निर्माता फ्रान्सेली कम्पनीको टोली पोखरा आएको छ । नेपालमा पहिलोपटक एटिआर जहाज दुर्घटना भएकाले पनि बिमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

 

प्रकाशित मिति २०७९ माघ ६ गते शुक्रबार ०९:५७
हजुरको प्रतिक्रिया