२०८३ साउन २१ गते बिहीबार

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ८ गते आइतबार ०८:२३

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा चार जनाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुर्खेत

सुर्खेतको जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटना हुँदा चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, डुंगेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको प्रहरीले बताएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा चार जनाको आज  बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते एक जनाको उपचार भइरहेको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०१०–२६ च ९२१३ नम्बरको जिप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति २०७९ माघ ८ गते आइतबार ०८:२३
हजुरको प्रतिक्रिया