२०८३ साउन २१ गते बिहीबार

खगराज भन्छन्ः जनताले झ्यालझ्यालमा मन्त्रालय रुचाएका थिएनन्

खगराज भन्छन्ः जनताले झ्यालझ्यालमा मन्त्रालय रुचाएका थिएनन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ९ गते सोमबार १२:५५

‘जनताले झ्यालझ्यालमा मन्त्रालय भएको धैरै रुचाएका थिएनन् । त्यस कारण हामीले सात वटा मन्त्रालय बनाएका छौं । तीन वटै दल अत्यन्त उच्चस्तरको समझदारीका साथ सहमतमा पुग्यौं’, उनले भने ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जनताको चाहना अनुसार मन्त्रालयको संख्या घटाएको बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरिएको छ

मुख्यमन्त्री अधिकारीले सरकारमा सहभागी ३ दल नै ७ वटा मन्त्रालय बनाउन उपयुक्त हुन्छ भनेर सहमत भएको बताए । ‘जनताले झ्यालझ्यालमा मन्त्रालय भएको धैरै रुचाएका थिएनन् । त्यस कारण हामीले सात वटा मन्त्रालय बनाएका छौं । तीन वटै दल अत्यन्त उच्चस्तरको समझदारीका साथ सहमतमा पुग्यौं’, उनले भने ।

कुन मन्त्रालय कुन दलले पाउने भन्नेमा चासो नरहेको उनको दाबी छ । उनले भने ‘हामी त लगभग कस्तो माइनसेटमा छौं भने यसरी भार पारेर फेरि पनि बजेट छर्ने भन्दा एक चरणमा पुराना योजनाहरु जो जनता लभान्वित हुने ती योजना सम्पन्न गर्ने र नयाँ योजना नवप्रवर्तनका लागि सोच्ने । त्यो माइनसेटमा छलफल पनि गरिरहेका छौं, टुंगोमा त पुगिसकेका छैनौं । तर, करिब करिब हामी यही लयमा छौं ।’ सबै मन्त्रालयको भुमिका उस्तै हुने गरेर बनाएको उनको भनाई छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ संशोधन गरेर मन्त्रालय संख्या १२ बाट घटाएर ७ वटा बनाउने निर्णय गरेको हो । गण्डकीका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय टुक्राएर ११ पु¥याएका थिए । नेकपा विभाजनपछि एमालेको सरकार ढल्यो । नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री हुँदा मन्त्रालयको संख्या १२ पु¥याएका थिए । पोखरेलले विदाईको बेला भनेका थिए, ‘मैले बनाएको हैन । त्यो अघिल्लै सरकारले बनाएको हो । मैले युज गरेको हो । किनभने मैपनि गठबन्धनमा थिए । कुनै महात्मा त हैन ।’

प्रकाशित मिति २०७९ माघ ९ गते सोमबार १२:५५
हजुरको प्रतिक्रिया