२०८३ साउन २१ गते बिहीबार

गण्डकीको मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?

गण्डकीको मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १० गते मंगलबार ०७:२६

एमालेले मुख्यमन्त्रीसहित चार, माओवादी केन्द्रले दुई र राप्रपाले एउटा मन्त्रालय पाएका छन् ।

पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

एमालेले मुख्यमन्त्रीसहित चार, माओवादी केन्द्रले दुई र राप्रपाले एउटा मन्त्रालय पाएका छन् । गण्डकीमा एमाले नेता खगराज अधिकारीको नेतृत्वमा सरकार छ ।

नेकपा एमालेकी सीताकुमारी सुन्दास आर्थिक मामिला मन्त्री, रोशनबहादुर गाहा थापा आन्तरिक मामिला तथा कानुन मन्त्री र वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार विकास र रेशमबहादुर जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

राप्रपाका पञ्चराम गुरुङलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ ।

यसअघि २५ पुसमा मुख्यमन्त्री अधिकारीसहित एमालेकी सुन्दास, माओवादीका चुमान र राप्रपाका गुरुङले शपथ लिएका थिए । तीन जना मन्त्री हालसम्म बिनाविभागीय रहेकोमा मंगलबार तीन जना मन्त्रीको शपथपछि मन्त्रालय पनि टुंग्याइएको हो ।

प्रकाशित मिति २०७९ माघ १० गते मंगलबार ०७:२६
हजुरको प्रतिक्रिया