२०८३ साउन २१ गते बिहीबार

यति जहाज दुर्घटनाबारे सूचना प्राप्त हुने रेकर्डरको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण गरिने

यति जहाज दुर्घटनाबारे सूचना प्राप्त हुने रेकर्डरको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ११ गते बुधबार ०८:११

आयोगले दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात पनि संकलन गरेको छ ।

पोखरा

पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको जहाज दुर्घटना बारे महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर अन्र्तराष्ट्रिय ल्याबमा गरिने भएको छ । यती एअरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० दुर्घटनाग्रस्त जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले सूचना प्राप्त हुने रेकर्डर अन्तर्राष्ट्रिय ल्याबमा गर्ने जानकारी दिएको हो ।

महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण गर्न लैजाने तयारी भइरहेको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगले दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात पनि संकलन गरेको छ । आयोगले जारी गरेउको विज्ञप्तिमा भनिएको छ,‘ दुर्घटनास्थलको पुनः विस्तृत निरीक्षण गरी आवश्यक पार्टपुर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलनको गरिएको छ ।’

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगद्वारा अनुसन्धान जारी रहेको र सबै प्रक्रिया पूरा गरी सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरिने आयोगले जानकारी दिएको छ । दुर्घटना लगत्तै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको थियो । जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो ।

 

प्रकाशित मिति २०७९ माघ ११ गते बुधबार ०८:११
हजुरको प्रतिक्रिया