पोखरा
आज माघ शुक्ल पक्ष श्रीपञ्चमी वा वसन्तपञ्चमी । विद्या आर्जन गर्नेहरूले यो दिन विद्याकी देवी सरस्वतीको विशेष आज आराधना गरेर मनाउँदैछन् ।
विद्यार्थीले पुस्तक र कलम, कलासाधकले कला सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पूजा गरी सरस्वतीको आराधना गर्ने गर्दछन् । साना बालबालिकालाई आज अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ । आज कुनै कार्य गर्दा साइत हर्ने नपर्ने पनि उल्लेख गरिएको छ ।
पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ । सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसंग प्रख्यात छ ।
प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार ०८:०८