रुपन्देही
रुपन्देहीमा शिक्षकबाट विद्यार्थी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । देवदहमा विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएर शिक्षकले जर्वजस्ती करणी गरेको उजुरी प्रहरीकोमा परेको हो ।
होटलमा लगेर किशोरीलाई जर्वजस्ती करणी गरेको आरोपमा देवदह नगरपालिकाका ७ का ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ
इलाका प्रहरी कार्यालय बुटवलकाका अनुसार गुरुङले माघ २० गते ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका हुन् । घटनापछि फरार रहेका उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति २०७९ माघ २६ गते बिहीबार १०:५३