२०८३ साउन २१ गते बिहीबार

पाेखरामा पोखरीमा डुबेर बालकको मृत्यु

पाेखरामा पोखरीमा डुबेर बालकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ९ गते मंगलबार ०३:३३

घरबाट खेल्न निस्केका उनी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

पोखरा

पोखरा—५ प्रस्याङ स्थित खुँडेपोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार पर्वत घर भई पोखरा–५ धारापानीमार्गमा बस्दै आएकी सुनीता केसीका चार वर्षीय छोरा सुहान केसीकाे पोखरीमा डुबेर ज्यान गएको हो । सोमबार साँझदेखि उनी हराएका थिए । उनको खोजी गर्ने क्रममा प्रहरी टोलीले आज १२ बजेतिर पोखरीमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।

सशस्त्र र नेपाल प्रहरीको उद्धार टोलीले बालक पोखरीमा डुबेको आशंकामा खोजी गरेको थियो । घरबाट खेल्न निस्केका उनी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार बालकको शवलाई पोस्ट मार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

 

प्रकाशित मिति २०७९ फागुन ९ गते मंगलबार ०३:३३
हजुरको प्रतिक्रिया